बस दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनमा प्रतिबेदन

१२ कार्तिक २०७४

banner

काठमाडौ । सरकारले बस दुर्घटनाको कारण पत्ता लगाएर प्रतिवेदन बुझाउन समिति गठन गरेको छ। धादिङको गजुरीस्थित त्रिशुली नदिमा भएको बस दुर्घटनामा ३१ जनको ज्यान गएपछि उच्च स्तरीय छानविन समिति बनेको हो।

गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्माको नेतृत्वमा समिति बनेको छ। समितिले बस दुर्घटनाको कारणसहित यस्ता दुर्घटना न्युनिकरणका उपायसमेत सरकारलाई सुझाउन कार्यादेश पाएको छ। सात दिनमा प्रतिवेदन बुझोने समय तोकिएको छ।

समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ कर्मचारी पनि सदस्य छन्।

शनिबार विहान बस त्रिशुलीमा खस्दा ३१ जनाको ज्यान गएको छ भने १६ जना घाइते छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »