गजल- बिना विभागीय मन्त्री

१३ कार्तिक २०७४

banner

गजल

बिना विभागीय मन्त्री

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

साधु त पलेँटी ठोकेर राम राम गर्छन् 
बिना विभागीय मंत्री के काम गर्छन्

बानी नै नपरेको यो सुख्खा तलव
विभागीय मंत्री चाहिँ दाम दाम गर्छन्

हाँगो सप्पै चहारि फल चाखे पछि
रूखको त्यो छहारी छोडि घाम घाम गर्छन्

लौ कसो गरि सहनु नहेर्नु उफ्
स्वयम् बस्या कुर्सीमा अरू ताम झाम गर्छन्

धर्म मान्ने नमान्नेमा विभाग गुम्दा
अर्कैकि मंत्रीणी अब चारधाम गर्छन्

(८ र ४ अक्षरमा विश्राम)
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »