उदयपुरमा सुमो दुर्घटना, ८ जनाको मृत्यु

१३ कार्तिक २०७४

banner

उदयपुर।  उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य तीन जना घाईते भएका छन्। घाईतेलाई उपचारका लागि कटारी लगिएको छ।

जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेको हो।  घट्नाको थप विवरण आउन बाँकी छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »