शिरमा तीन किलोको मण्डला लगाएर मिस युनिभर्समा सहभागि हुँदै नग्मा श्रेष्ठ(फोटो फिचर)

१५ कार्तिक २०७४

banner

काठमाडौँ। अमेरिकाको लस भेगसमा आयोजना हुन गइरहेको ६६औं मिस युनिभर्समा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नग्मा श्रेष्ठले सहभागिता जनाउँदैछिन्। मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै सहभागी जनाएको यो पहिलो पटक हो।

आगामी नोभेम्बर २६, २०१७ मा आयोजना हुन गईरहेको उक्त मिस युनिभर्स प्रतियोगितामा उनले विशुद्ध भेषभूषासहित प्रद्रर्शन गर्ने छिन्। प्रतियोगितामा उनले अलंकृत पोसाक शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपूरक वस्त्र समेत लगाएर प्रदर्शन गर्नेछिन्।

काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा द हिडन ट्रेजरले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। उनले पत्रकार उम्मेलनमा उक्त पहिरन लगाएर समेत देखाएकी थिइन्। उक्त प्रतियोगितामा उनले विभिन्न डिजाइनका अन्य पहिरन पनि लगाउनेछिन्।

गत २२ सेप्टेम्बर २२ मा द हिडन ट्रेजरको २२ औं वार्षिकोत्सव र २३ औं मिस नेपाल वार्षिकोत्सवको अवसरमा अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले विधिवत नग्मा श्रेष्ठलाई ताज पहिराई पहिलो पटक मिस नेपाल युनिभर्स उम्मेदवारको रुपमा घोषणा गरेका थिए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »