मनोनयन दर्ता अघिनै पार्टी कार्यालयमा तालाबन्दी 

१६ कार्तिक २०७४

banner

काठमाडौँ । दोस्रो चरणको निर्वाचन अन्तर्गत आज विभिन्न दलका उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। तर बाँकेमा भने नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै आएका कार्यकर्ताले मनोनयन दर्ता अघि नै पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

बाँके क्षेत्र नं २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ताभित्र असन्तुष्टि बढेको हो।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व।सुशील कोइरालाको को यो क्षेत्रमा यस पटक राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »