डोटीमा जीप खस्यो : ३ जनाको मृत्यु भएको पुष्टी, थप विवरण आउन बाँकी

१८ कार्तिक २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

काठमाडौँ । डोटीको देउरदीमा जिप खस्दा तीन जनाको ज्यान गएको छ भने केही व्यक्ति घाइते भएका छन्। 

डोटीको बोगटान गाउँपालीका गगुडाबाट दिपायल जाँदै गरेको से१ ज २५६ नम्बरको जिप डोटीको देउरदी भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोली घाइतेको उद्धार कार्यमा जुटेको छ। ज्यान गुमाउने ३ जनाको पुष्टी भएपछि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ। 

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »