निकट ‘युद्ध’मा भारत र चीनः निम्त्याउने कि पन्छाउने ?

१९ कार्तिक २०७४

banner

•टेकनारायण भट्टराई/दामोदर नेपाल–

[टिप्पणी]
काठमाडौं। नेपालको चुनावी नतिजालाई आफू अनुकुलमा पार्ने रणनीतिमा एशियाका दुई शक्तिकेन्द्र चीन र भारतको सक्रियता बढेको छ। विश्व शक्तिमान बन्ने होडमा रहेका यी दुई छिमेकी हाम्रो आन्तरिक मामिलामा सधै चर्चा र विवादमा रहदै आएका छन्।

भारत मुखर भएरै पटकपटक नेपालको आन्तरिक मामिलामा हावी भएको छ। अर्कोतर्फ मौन अवतारमा चीनले पनि नेपालमा आफ्नो प्रभाव विस्तारलाई गतिवान बनाउँदै लगेको छ। नेपालको राजनीतिमा उथलपुथल हुने संघारमा दुई छिमेकी निकै आकर्षित हुने गरेका छन्। यतिबेला त्यो आकर्षण उत्कर्षमा छ।

सतही रुपमा हेर्दा नेपालजस्तो विकासोन्मुख देशमा प्रभूत्व जमाउनु यी दुई छिमेकीका लागि त्यति महत्वको नहोला। तर, नेपालको भौगोलिक अवस्थिति यस्तो छ कि यहाँको राजनीतिमा प्रभाव जमाउनु दुवै देशले अनिवार्य जस्तो ठान्दछन्। विश्व महाशक्ति बन्ने होडमा रहेका यी दुई राष्ट्रलाई एक अर्काबाटै खतरा छ र त्यो बारम्बार सतहमा प्रकट पनि भएको छ।

आफ्नो लघु स्वार्थलाई हेरेर वाह्य हस्तक्षेपलाई आमन्त्रण गर्नु राजनीतिक नेतृत्व र दलहरुको मुर्खता हुनेछ। त्यही मुर्खताको परिणति सिंगो देशले भोग्नु पर्नेछ। वाह्य हस्तक्षेपले कुनै दल वा नेतृत्वको स्वार्थ पूरा होला तर त्यो सर्वथा राष्ट्रिय स्वार्थ प्रतिकुल हुनेछ।

क्षेत्रीय शक्ति सन्तुलन मिलाउन र नेपालको भूमिलाई आफ्ना विरुद्ध संभावित खतराको खेल मैदान हुन नदिन दुबैको चासो केन्द्रित छ। त्यसैले नेपालमाथि आफ्नो नियन्त्रण वा प्रभाव कायम राख्न दुबै उद्दत छन्।

पछिल्लो समय चीन र भारतको सम्बन्ध चिसिएको छ । डोकलाम विवाद पछिल्लो तनावको मुख्य कारण हो। भित्रभित्रै यी दुवै शक्ति एकअर्काको कमजोरी खोजेर आफू बलियो बन्न चाहन्छन्। यो होडमा दुवै देशको लागि नेपाल निकै महत्वको भूमि बनेको छ।

नेपालको अस्थिर राजनीतिको फाइदा उठाउँदै अहिलेसम्म भारतले नेपालमाथि आफ्नो एकल प्रभूत्व र प्रभाव जमाइरहेको छ। केपी ओली प्रधानमन्त्री भएका बेला भारतको यो प्रभूत्वमाथि जवरजस्त प्रहार भएको भारतको ठहर छ। ओली कार्यकालमा आहत पाएको भारतले अनेक हथकण्डा अपनाएर ओली सरकार ढलाइछाड्यो। ओली सरकार ढल्नु र कांग्रेस माओवादी गठबन्धनको उदय हुनुलाई भारतीय सफलताको रुपमा विश्लेषण गरियो।

बामपन्थी दलबीच गठबन्धनले यहाँको राजनीतिमा नयाँ आयाम सुरु गरेको छ। भलै यो गठबन्धन चुनावसँगै समाप्त होला वा भनिएजस्तो पार्टी एकीकरणकै तहमा जाला त्यो निश्चित छैन। तर नेपालमा बाम गठबन्धन हुनुलाई चीनको प्रभावको परिणति भनेर बुझ्ने बुझाउने गरिएको छ।

चीनमा कम्युनिष्ट शासनव्यवस्था रहेको र नेपालका बामपन्थी दलहरु सिद्धान्ततः चिनियाँ शासनशैलीबाट प्रभावित रहेको यथार्थ हो। नेपालमा माओवादीको समर्थनमा एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनेका बेला चीनसँग पारवहनसहित अनेकौं सम्झौता भएको विगतलाई हेर्दा पनि नेपालमा बाम एकता हुनु चीनको लागि सुखद् मान्न सकिन्छ।

बामपन्थी दलबीच गठबन्धनले यहाँको राजनीतिमा नयाँ आयाम सुरु गरेको छ। भलै यो गठबन्धन चुनावसँगै समाप्त होला वा भनिएजस्तो पार्टी एकीकरणकै तहमा जाला त्यो निश्चित छैन। तर नेपालमा बाम गठबन्धन हुनुलाई चीनको प्रभावको परिणति भनेर बुझ्ने बुझाउने गरिएको छ।

अहिले भएको बाम एकता पनि चीनको यही चाहनाबाट प्रभावित भएको भनेर बुझ्ने बुझाउने गरिएको छ। चीनले नेपालमा यसरी प्रभाव विस्तार गर्नु भारतका लागि सह्य छैन। नेपालसँग भएको खुला सीमा र नेपालको राजनैतिक नेतृत्वमाथि रहेको आफ्नो प्रभावलाई उपयोग गर्दै नेपाली भूमि प्रयोग गरेर चीनको जासुसी गर्ने भारतका लागि नेपाली भूमिमा चीनको प्रभाव बढ्नु खतराको संकेत हो।

पश्चिमा शक्तिको समेत स्वार्थलाई मिसाएर भारतले अहिलेसम्म नेपाल भूमिबाट गर्दै आएको चीनको जासुसी अफ्नो पकडबाट फुत्किाउन चाहदैन। भारतकै शैलीमा चीनले नेपाली भूमि उपयोग गर्ने संभावना प्रखर देखिएपछि भारत अत्तालिएको छ।

चीनको बढ्दो प्रभावलाई काउण्टर दिने बैकल्पिक शक्ति खडा गर्न भारतले प्रयत्नहरु बढाएको जानकार बताउँछन्। चीनप्रभावित बाम गठबन्धनले नेपालको शासनसत्तामा कब्जा जमाउने तयारी गरिरहेका बेला त्यो गठबन्धनलाई काउण्टर दिन भारतले नेपालमा अर्को वैकल्पिक शक्ति तयार गर्न कुनै कसर बाँकी राख्ने छैन। कांग्रेस नेतृत्वमा त्यो ‘काउण्टर पावर’ खडा गर्ने भारतको योजना छ। लोकतान्त्रिक गठबन्धन त्यसको प्रारम्भिक संरचना हो। राजावादी शक्ति र हिन्दु जनमतलाई पनि एकाकार गरेर कांग्रेस सहितको सिंगो शक्ति तयार पार्ने रणनीतिमा भारत लागेको जानकारहरु बताउँछन्। सँगसँगै वाम गठबन्धनमा फुटै पैदा गरेर त्यसलाई कमजोर बनाउने रणनीतिमा पनि भारत सक्रिय छ।

पश्चिमा शक्तिको समेत स्वार्थलाई मिसाएर भारतले अहिलेसम्म नेपाल भूमिबाट गर्दै आएको चीनको जासुसी अफ्नो पकडबाट फुत्किाउन चाहदैन। भारतकै शैलीमा चीनले नेपाली भूमि उपयोग गर्ने संभावना प्रखर देखिएपछि भारत अत्तालिएको छ।

तत्कालीन ओली सरकारका बेला मधेसीको माग सम्बोधनको नाममा भारतले संविधान संशोधनका लागि दिएको दवाव र त्यो दवावलाई नेपालको राजनैतिक नेतृत्वले अस्वीकार गर्दा लगाएको नाकाबन्दीले भारत नेपालमा कुन हदसम्म प्रभाव जमाउन चाहन्छ भन्ने प्रष्ट छ।

नेपाली राजनीतिमा भएको बाम ध्रुवीकरण र त्यसको काउण्टरमा बनेको लोकतान्त्रिक गठबन्धनमा छिमेकी शक्तिको भूमिका र चाहना मिसिएको छ। यी दुई गठबन्धनमा चीन र भारतको निकै चासो छ।

भारत नेपालमा राजनैतिक अस्थिरता चाहन्छ। यहाँको राजनैतिक अस्थिरताको फाइदा उठाएर आफू अनुकूलको सरकार बनाउने र आफू अनुकूल नचलेमा त्यो सरकार ढलाएर अर्को सरकार बनाउने भारतको पुरानो रवैया हो। भारतको यो खेललाई काउण्टर दिँदै नेपालमा आफ्नो प्रभाव बढाउन चीनले आफूसँग मिल्दो विचार भएका राजनैतिक शक्तिलाई एक ठाउँमा ल्याउने ताक कुरेर बसेको थियो। यतिबेला चीनलाई त्यो ताक जुरेको छ।

कम्युनिष्ट विचारधारामा उभिएका दलहरु सैद्धान्तिक रुपमा चीनसँग निकट हुनु स्वभाविक हो। अर्कोतर्फ कांग्रेस नेपालका हरेक परिवर्तनमा भारतीय प्रभावलाई स्वीकार गर्दै अगाडि बढेको विगतले स्पष्ट देखाउँछ। कांग्रेसको भारतअनुकूल काममा मधेसी दलहरु स्वभाविक सहभागी हुनेछन्। किनकि नाकाबन्दीका बेला तिनै दलको नेतृत्वमा भारतबाट नेपाली भूमिमा आक्रमण भएको निकट इतिहास साक्षी छ।

नेपालका राजनैतिक दलमा भएको ध्रुवीकरणमा दुई शक्तिशाली छिमेकीको इशारा र चाहना मिसिएको प्रस्ट छ। चुनावको संघारमा राजनैतिक दलहरु आपसी भिडन्तमा उत्रिनु स्वाभाविक छ। यही भिडन्तबीचमा दुई शक्तिशाली छिमेकीको आपसी टक्कर पनि उत्तिकै छ।

नेपालका राजनैतिक दलमा भएको ध्रुवीकरणमा दुई शक्तिशाली छिमेकीको इशारा र चाहना मिसिएको प्रस्ट छ। चुनावको संघारमा राजनैतिक दलहरु आपसी भिडन्तमा उत्रिनु स्वाभाविक छ। यही भिडन्तबीचमा दुई शक्तिशाली छिमेकीको आपसी टक्कर पनि उत्तिकै छ। नेपालको चुनावमा वाह्य शक्तिको स्वार्थ सतहमै तैरिएको छ। नेपालीको नजरमा यो असैह्य वाह्य हस्तक्षेप हो।

जानकारहरुको भनाइलाई लिने हो भने भारत र चीनबीच नेपालको मामिलामा प्रभाव जमाउने भीषण युद्ध नै चलेको छ। यो युद्धमा वामले जितोस् वा कांग्रेसले जितोस् तर हार नेपालको हुनेछ। आफ्नो लघु स्वार्थलाई हेरेर वाह्य हस्तक्षेपलाई आमन्त्रण गर्नु राजनीतिक नेतृत्व र दलहरुको मुर्खता हुनेछ। त्यही मुर्खताको परिणति सिंगो देशले भोग्नु पर्नेछ। वाह्य हस्तक्षेपले कुनै दल वा नेतृत्वको स्वार्थ पूरा होला तर त्यो सर्वथा राष्ट्रिय स्वार्थ प्रतिकुल हुनेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »