कृषि र उद्योग क्षेत्रमा लगानी गर्न जापानी उद्योगी इच्छुक

२१ कार्तिक २०७४

banner

काठमाडौं। जापानका उद्योगीहरु नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन्।  नेपाल भ्रमणमा रहेका जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापानका उद्योगीहरुले नेपालमा लगानी गर्ने वातावरण बनेको उल्लेख गर्दै कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने चाहना व्यक्त गरेका हुन्।

जापानका उद्योगीहरुले नेपालको कृषि र उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए। 

सिंगापुरमा व्यवसाय गर्दै आएका जापानीज उद्योगीहरुको टोली लगानीको वातावरण बनेपछि नेपाल भ्रमणमा आएका हुन्। उनीहरुले नेपालमा लगानी मैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन्।

सरकारले लगानी मैत्री वातावरण बनाउन भन्दै श्रम ऐन, उद्योग ऐन पारित गरेपछि अन्तर्राष्ट्रिय समुदायहरु नेपालमा लगानी भित्रयाउन तयार देखिएका हुन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »