काठमाडौं-सिन्धुलीगढी साइकल यात्रा हुँदै

२२ कार्तिक २०७४

banner

फाइल तस्बिर।

काठमाडौं। ऐतिहासिक सिन्धुलीगढीमा वीर गोर्खालीले तत्कालीन व्रिटिस कम्पनीका सेनालाई परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा विजयोत्सव मनाउने तयारी छ। सिन्धुलीगढी विजयको २५० बर्ष पूरा भएको छ। त्यसैले यस बर्षको महोत्सवलाई भब्य बनाउने तयारी अन्तर्गत समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गरेको छ।

काठमाडौंलाई सिन्धुलीसम्म जोड्ने अभियान भन्दै केहीबर्ष यता साइकल यात्रा हुँदै आएको छ। यसबर्ष १५० भन्दा बढी सहभागी यात्रामा समाले हुँदैछन्।

साइकल यात्राको नेतृत्व विश्व साइकलयात्री पुस्कर शाहले गर्ने आयोजकले जानकारी दिए। साइकल यात्राको उद्घाटन उपराष्ट्रपछि नन्दबहादुर पुनले गर्ने तय छ। सिन्धुलीगढीमा हुने विजयोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »