घरमा एक्लै रहेकी युवती राती शौचालय निस्कदा...

२२ कार्तिक २०७४

banner

प्रतिनिधि तस्बिर।

बाँके । शौचालय जान घरबाहिर निस्केकी एक महिलामाथि जवरजस्ती करणी भएको छ। रातको समयमा उनी शौचालय जान निस्कदा हिंसामा परेकी हुन्।

उनीमाथि जवरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–२ बस्ने २० बर्षीय उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार राति नेपालगंज उपमहानगरपालिका–२० नयाँ बस्ती बस्ने २४ बर्षीया विवाहित महिला हिंसाको शिकार बनेकी हुन्। घरमा कोही नभएको अवस्थामा शौचालय गर्न घर बाहिर निस्किएको अवस्थामा जवरजस्ती करणीमा उनी परेकी हुन्।

पीडित महिलाले हो–हल्ला गरेपछि यादवलाई स्थानीय व्यक्तिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »