विदेशीमा लगानी गर्न प्रतिबन्ध लगाउन ऐन खारेज गर्न माग

२२ कार्तिक २०७४

banner

काठमाडौं। उद्योगी÷व्यवसायीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेज गर्न सरकारसँग माग गरेका छन्। नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी/व्यवसायीहरुले अन्तःशुल्क ऐन व्यवसायीहरुको हितमा नरहेको भन्दै तत्काल परिमार्जन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रको समुन्नतिमा योगदान दिन सक्ने कानुन निर्माण गर्न सरकारसँग माग गरिएको जानकारी दिए।

उनले कानुनमा समय सापेक्ष सुधार नभएकै कारण मुलुकको उद्योग÷ व्यवसाय फष्टाउन नसकेको दावी गरे। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरुलाई समस्या पार्ने सबै खालको कानुन संशोधन र खारेज गर्न माग गर्नु परेको जनाए ।

उनले उद्योग संचालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया सम्बन्धि कानुनमा हुने जटिलता तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे।
उद्योगी व्यवसायीहरुले जग्गा प्राप्ती ऐन, निकासी पैठारी नियन्त्रण ऐन, बोनस ऐन, वातावरण संरक्षण नियमावली समय सापेक्ष परिवर्तन गर्न नसके नेपालको उद्योग, व्यवसाय झनै जटिलतामा फस्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »