नेपाल आउने भयो चिनियाँ रेल!

२४ कार्तिक २०७४

banner

काठमाडौं। नेपाल र चीनबीच उत्तर– दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ।  शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय रेल प्रशासनका उच्च स्तरीय टोलीबीच उत्तर– दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको हो। 

समझदारी गर्नु अघि चीनको रेल वे प्रशासन उपप्रमुख चङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले पोखरा र लुम्विनीमा स्थलगत अवलोकन गरी रेल निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो।

नेपाल भ्रमणमा आएका चिनियाँ टोलीले उत्तर– दक्षिण रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न सकारात्मक देखिएको नेपाल रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिए। बैठकमा नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले रेल निर्माणका लागि नेपाल सरकारले गरिरहेको तयारीका बारेमा जानकारी गराएका थिए। 

नेपाल सरकारले रेल मार्ग निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटकै व्यवस्था गरेपछि चिनियाँ पक्ष यसको सम्भाव्यता अध्ययन गर्न सकारात्मक देखिएको हो। सोही क्रममा नेपाल भ्रमण आएको चिनियाँ रेलवे प्रशासनका प्राविधिकसहितको उच्चस्तरीय टोलीले काठमाडौं–पोखरा–लुम्विनीसम्म जोड्ने रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेका हुन्। दुई देशले रेलमार्ग निर्माणका लागि भौगोलिक जटिलतालाई मुख्य चुनौतीको रुपमा लिएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »