साउदी अरबबाट बाम गठबन्धनलाई स्वागत

२४ कार्तिक २०७४

banner

साउदी अरब । पार्टी एकता गर्ने उद्देश्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गरिएको  बाम गठबन्धनलाई प्रबासमा रहेका नेपालीहरुले पनि स्वागत गरेका छन  ।

एमालेको प्रबास संगठन प्रबासी नेपाली मंच साउदी अरव  र माओबादी केन्द्रको प्रबास संगठन  नेपाली जनप्रगतिशील मंच साउदी अरबको रियादमा संयुक्त बैठक बसी बाम गठबन्धनलाई स्वागत गर्ने निर्णय गरेका हुन् ।

प्रवासी नेपाली मंचका कार्यबाहक अध्यक्ष राजेन्द्र खत्री र  नेपाली जनप्रगतिशील मंचका अध्यक्ष कमल शाही “निर्मल” द्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा पार्टी  एकता गर्ने उद्देश्यसहित भएको वाम तालमेलको  स्वागत गर्दै नेपालको राजनीतिक स्थायित्वको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिएका छन्  ।

विज्ञप्तिमा भनिएको छ समाजवाद सम्म पुग्ने मूल उधेस्यका साथ कम्युनिष्टहरुको एक केन्द्र बनाउने लक्ष्य सहित एमाले र माओबादी केन्द्र बीच पार्टी एकीकरणका लागि मार्ग प्रस्त गर्दै स्वदेश तथा बिदेशमा बस्ने जनबादी तथा प्रगतिशील र देशभक्तहरुमा थप उत्साह पैदा गरेको छ । यो चुनाबी तालमेलले राजनैतिक अस्थिरताको अन्त्य , बैदेशिक चलखेलको अन्त्य  र ५ बर्षे स्थायी सरकार,सम्वृद्ध र बिकसित राष्ट्रनिर्माणमा सहयोग पुर्याउने छ ।

स्वाधिनता,समृद्धी र समाजवादको आधार सबै तहमा बामपन्थीको जनपक्षीय सरकार भन्ने मूल नारा सहित प्रबासी नेपाली मंच र नेपाली जनप्रगतिशील मंच साउदी अरव यो बाम गठबन्धनलाई हार्दिक स्वागत गर्दछ , विज्ञप्तिमा भनिएको छ ।

बैठकमा दुवै संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो   ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »