यस्तो छ 'कार्टुन्ज क्रु' को नयाँ गीत 'दिलको भित्तैमा'(भिडियोसहित)

२४ कार्तिक २०७४

banner

काठमाडौँ। चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘दिलको भित्तैमा’ बोलको गीत बिहीबार युटुब मार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियो भित्र राम्रो कथावस्तु बनाएर प्रस्तुत गर्ने ग्रुपले यस गीतलाई पनि पृथक् शैलीमा प्रस्तुत गरेका छन्।

मिलन विष्टको शब्द रहेको गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गरेका छन् भने अल्मोडा राना उप्रेती, यन्जिला रेग्मी र नवीन रावलको स्वर दिएका छन्।

कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण बनेको भिडियोमा सरोज र आश्मा विश्वकर्माको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा कार्टुन्ज क्रु सदस्य सरोज र रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईको फिचरिङ रहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »