अमेरिकाको कोलोराडोमा साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

२४ कार्तिक २०७४

banner

डा. रामहरि सुबेदी। अमेरिकाको डेनभर कोलोराडोमा रक्की माउन्टेन फ्रेण्डस अफ नेपालद्वारा नेपाली समुदायबीच साईबर अपराध र सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कलाकार साथै अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोका अध्यक्ष कृष्ण ढुङ्गेल र रक्कि माउन्टेनका अध्यक्ष बिनोद त्रिपाठीको प्रयासमा  उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि संस्थाका अन्य पदाधिकारीहरुको पनि सहयोग प्राप्त भएको थियो। 
 
साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापक प्राध्यापक डा. रामहरि सुबेदीले सहभागिहरुलाई साईबर अपराध भनेको के हो, कसरि घटछ, र यसबाट आफू, परिवार, र समाजलाई कसरी सुरक्षित गराउन सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक प्रशिक्षण सहित कार्यक्रम प्रस्तुत गरेका थिए। भिन्न शैलीमा प्रस्तुत गरिएको कार्यक्रमका सहभागिहरुले उक्त कार्यक्रमबाट अत्यन्तै प्रभावित भएको प्रतिकृया दिएका थिए। करिब ४ घण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाली समुदाय, संघ, संस्थाका बिभिन्न प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो। आफ्नो गाउँ, समाज र राष्ट्रलाई साईबर अपराधको भयबाट मुक्त गाराउँ भन्ने नाराका साथ साईबर सेक्युरिटी ईन्टरन्यासनलको अभियानलाई सहभागिहरुले आ–आफ्नो गाउँमा लैजाने प्रतिबद्दता प्रकट गर्नु भएको थियो। उनीहरुको बिचारहरुलाई यसै समाचारको साथमा प्रकासित गरिएको छ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन्। यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा। रामहरि सुबेदी हुन्। डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभागले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ। अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपशाखाहरु पनि रहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »