किसोर सुब्बाको लिम्बू चलचित्र 'हेल्लुक्वा' युएईमा प्रदर्शन

२५ कार्तिक २०७४

banner

सरोज पङ्हाङ्गो

दुबई । चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा लिम्बू भाषामा निर्माण गरिएको लिम्बू चलचित्र 'हेल्लुक्वा' युएई (दुबई) मा प्रदर्शन गरिएको छ ।

लिम्बू भाषा, धर्म, संस्कृति, भेष-भुषा र लिम्बू समुदायको सामाजिक परिवेशलाई समेटेर निर्माण गरिएको लिम्बू चलचित्र 'हेल्लुक्वा' किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा युएईमा प्रदर्शन गरिएको हो ।

सो चलचित्र गत २७  अक्टुबर २०१७, शुक्रबारको दिन बरदुबईमा प्रदर्शन  भएको थियो । चलचित्र हेर्न युएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपाली  दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी आयोजकले गराएको छ।

निर्देशक किशोर सुब्बासंगै बसेर चलचित्र हेर्न पाएकोमा दर्शकले लिम्बू चलचित्र सम्बन्धि बिबिध कुरा बुझ्ने र आफ्नो कुरा राख्ने मौका समेत पाएका थिए ।

लिम्बू चलचित्र कर्मी, पुष्पा आङ्देम्बे, बबिता फोम्बो, अमृता लक्सम, शान्ति ईङ्नाम,  प्रेम पन्धाक, गायक तथा कलाकार कुशल थलङ, दिनेश माङमू, सागर केरुङहरुको अभिनय रहेको लिम्बू चलचित्र 'हेल्लुक्वा' को समीक्षात्मक टिप्पणी गर्दै लिम्बू  चलचित्र निर्माण गर्दा कति लिम्बू कलाकार घरबार बिहिन हुने गरि आर्थिक घाटामा डुबेर बिदेशिनु परीरहेको अवस्थामा, सानो भन्दा सानो बजेट, सिमित श्रोत साधन र बजार बिहिन अवस्थामा पनि 'हेल्लुक्वा' जति स्तरीय चलचित्र बनेकोमा लिम्बू चलचित्रमा बिकास भएको र लिम्बू चलचित्रको बिकास चाहनु हुने लिम्बू चलचित्र प्रेमी दर्शकहरुले एक पटक हेर्नै पर्ने चलचित्र बनेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

आनी साक्थिम, अम्लारी फुङ, जस्ता उत्कृष्ट लिम्बू चलचित्र निर्देशन गरि सकेका निर्देशक किशोर सुब्बाको यस चलचित्र 'हेल्लुक्वा' Nepal Indigenous Film Festival New York- 2017 को बेष्ट निर्देशक विधामा नोमिनेशनमा पर्न सफल लिम्बू चलचित्र हो ।  ६ वटा लिम्बू चलचित्र सहित नेपाली र अन्य भाषी गरि ३० वटा चलचित्र निर्देशन गरि सकेका किशोर सुब्बाको   नेपाली चलचित्र 'रेस' यहीं मङ्सिर १ गतेबाट प्रदर्शन हुने भएको छ भने उक्त चलचित्र नेपाल बाहिर दुबई, हङकङ, सिंगापूर, युके, लगायतका मुलुकहरुमा समेत प्रदर्शन गरिने भएको छ  ।

किरात याक्थुङ चुम्लुङ, युएईको निमन्त्रणामा गत २० अक्टुबर २०१७ को दिन सम्पन्न   बलिहाङ तङ्नाम बनभोज कार्यक्रमको बिशेष अतिथिको रुपमा दुबई आउनु भएका किशोर सुब्बाको मुख्य लक्ष युएईमा किरात याक्थुङ चुम्लुङ, युएईको सहकार्यमा लिम्बू चलचित्रहरुको बजार ब्यबस्थापन गर्नु र नेपाली चलचित्र 'रेस' को प्रमोशन गर्नु रहेको थियो ।

लिम्बू भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकासको लागि लिम्बू कलाकर्मी र लिम्बूहरुको साझा संस्था चुम्लुङको सम्बन्ध नङ र मासुको जस्तो हुन सके लिम्बू भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकास गर्न गराउन सहज हुने ठहर गर्दै आगामी दिनमा युएईमा लिम्बू चलचित्रको बजार ब्यबस्थापनको लागि किरात याक्थुङ चुम्लुङ, युएई र लिम्बू चलचित्र कर्मीहरु बीच दोहोरो सहकार्य गरिने जानकारी गराउदै किरात याक्थुङ चुम्लुङ, युएईका बर्तमान अध्यक्ष मनिष नाल्बोले लिम्बू भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकासको लागि चलचित्र मार्फत किशोर सुब्बाको योगदान सह्रानीय र सम्मान योग्य रहेको बताए ।

लिम्बू तथा बिभिद आदिबासी चलचित्र निर्माण तथा निर्देशन गरि आदिबासी जनजातिहरुको  भाषा, धर्म, कला र संस्कृति संरक्षण र बिकासको लागि बिशेष योगदान पुर्याए बापत किरात याक्थुङ चुम्लुङ, युएईद्वारा आयोजित गत २० अक्टुबर २०१७ को दिन सम्पन्न   बलिहाङ तङ्नाम ३७९६ बनभोज कार्यक्रममा निर्देशक सुब्बालाई नेपाल आदिबासी जनजाति महासंघ, युएई, किरात याक्थुङ चुम्लुङ, युएई र ताप्लेजुङ सेवा समाज, युएईद्वारा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »