प्रचण्डकाे चुनावी अभियान: सुकुम्बासी बस्तीदेखि वनभाेजम्म

२६ कार्तिक २०७४

banner

भरतपुर। बारम्बार निर्वाचन क्षेत्र परिर्वतन गर्दै चितवनकाे क्षेत्र नम्बर तीनबाट वाम गठन्धनका साझा उम्मेद्वार भएका माअाेवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहाल यतिबेला चुनावी घरदैलाे कार्यक्रममा व्यस्त छन्। शनिबार विहान दाहालले वाम गठबन्धनका नेता-कार्यकर्तासँग संक्षिप्त भेटघाट गरेपछि ८ बजे शिबनगरका सुकुम्बासीसँग अन्तरक्रिया गरे।

अन्तरक्रियामा अध्यक्ष दाहालले सुकुम्बासी समस्याकाे स्थायी समाधानका लागि अाफूले पहल गरिरहकाे बताएर मतदता समक्ष अाफूलाइ मतदान गर्न अाग्रह गरे। सुकुम्बासी क्षेत्रमा घरदैलाे अभियान सकिएपछि उनीले शिवनगरमा अायाेजित चुनावी सभालाइ समवाेधन गरे। 

त्यसपछि दाहालले राधापुर क्षेत्रमा घरदैलाे गरे। त्यसपछि उनले सुन्दर बस्ती क्षेत्रमा अायाेजित काेण सभालाई सम्बाेधन गर्न भ्याए।
काेण सभालाई सम्बाेधनसँगै दाहालले सुन्दर बस्तीमा सञ्चालन भएकाे साझा मेसमा खाना खाएर फेरि जनतासँग अन्तरक्रिया थाले। दिउँसाे २ बजे चितवनकाे रामनगरमा नेकपा एमालेसम्वद्ध पेशागत महासंघ नेपालले अायाेजना गरेकाे बनभाेज कार्यक्रमलाई दाहालले संक्षिप्त सम्बाेधन गरे।

बनभाेज कार्यक्रमलाई सम्बाेधनपछि दाहाल भरतपुरमै एमाले र माअाेवादी सम्वद्ध कानून व्यवसायीहरुसँग संक्षिप्त अन्तरक्रिया गरे। अन्तरक्रियापछि भरतपुर महानगर-२२ का पदमपाेखरी, बाक्लाेटाेल, टाउन, पटाहनी, बनकट्टा र बाेटेटाेलमा अायाेजित ६ वटा काेण सभालाई सम्बाेधन गरे भने उक्त क्षेत्रका जनतासँग भेटघाट र घरदैलाे कार्यक्रम सञ्चालन गरे।

घरदैलाे, काेणसभा र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहाल तीन विषयमा बढी केन्द्रित भए। कम्युनिष्ट एकता र तालमेलकाे अाैचित्यबारे दाहालले भने, “देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने नेपाली जनताकाे सपना हामी साकार पार्दैछौं। यसबाट काेही पनि झस्कन अावश्यक छैन। अब देशमा बामपन्थीहरुकाे बहुमतकाे सरकार बन्छ, देशकाे विकास र समृद्धिले गति लिन्छ, देश अब समृद्धिकाे नयाँ युगमा प्रवेश गर्छ।”
समसामयिक राजनीतिबारे दाहालले भने, “हिजाे रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियाे। अाज वर्षामान पुन चढेकाे गाडी नजिक माइन्ड बिस्फाेट गराइयाे। केही दिन अघि हतियारधारी समूह समातिए। अझ मूख्य कुरा त बहालवाला मन्त्रीले नै उनीहरुलाई छुटाउन विज्ञप्ति जारी गरेका छन्। याे सामान्य कुरा हाेइन। विभिन्न कसरतमा पनि निर्वाचन राेक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयाेग गरेर चुनाव राेक्न त खाेज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएकाे छ। चुनाव राेक्न खाेजिए त्याे हाम्रा लागि मान्य हुन सक्दैन।”

चितवनकाे विकासबारे अध्यक्ष दाहालले भने, “चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व गर्ने साेच छ। चितवन जिल्लालाई नै अन्तर्राष्ट्रिय स्तरकाे शहर बनाउन सकिन्छ। यहाँका सडक, विद्यालय, खानेपानी लगायतका पूर्वाधार विकास मेराे प्राथमिकतामा छन्। चितवनलाई शिक्षा र स्वास्थ्यकाे हब बनाउन सकिन्छ। नारायणी र राप्तीमा तटबन्ध गरेर रिङराेङ बनाउने अनि चितवनकाे पर्यटनमा क्रान्तिकारी विकास गर्ने साेच छ। कृषि र निकुञ्ज पीडित जनताका समस्या समाधानलाई मैले उच्च प्राथमिकतामा राखेकाे छु।”

दिनभरकाे घरदैलाे र अन्तरक्रियामा चितवन ३ (ख) का उम्मेद्वार रामलाल महताे, एमाले नेता देवी ज्ञवाली, राप्रपाबाट माअाेवादीमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना लगायतले अाफ्नाे धारणा राखेका थिए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »