युएईमा चासोक तङ्नाम ३७९६ को अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको तयारी 

२६ कार्तिक २०७४

banner

सरोज पङ्हाङ्गो 

यूएइ। लिम्बूहरुको मौलिक पर्ब चासोक तङ्नाम (न्वागी पूजा) ३७९६ को अवसरमा किरात याक्थुङ चुम्लुङ, (कियाचु) युएईले युएईमा बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।  कियाचु, युएईका बर्तमान अध्यक्ष मनिष नाल्बोको अध्यक्षतामा शुक्रबार बसेकाे चौथो कार्यसमितिको सातौं बैठकबाट बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको हाे।

कियाचु, युएईका भुतपुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार सरोज पङ्हाङ्गोको संयोजकत्वमा प्रमुख सल्लाहकार मनकुमार लाओती (समदर्शी काईंला), सल्लाहकार: विजय संयोक, गजबहादुर वनेम (टेक) गायक: रनु जबेगू, दीपराज नेयोङहाङ गायिका तथा कलाकार: अमृता लक्सम, र आजिबन सदस्यहरु लासाङ निङ्लेकू, दुर्गा थोक्लेन, भिमराज कन्दङ्वा, गोबिन्द लुङ्फुङ्वा, मुना ईङ्नाम लगायत कार्यसमितिका पदाधिकारी तथा कार्यकारी सदस्यहरु सहितको एक संयोजक समिति गठन गरि उक्त कार्यक्रमको तयारीमा जुटिएको जानकारी गराउँदै यस कार्यक्रममा नेपालबाट आउने ३ जना कालाकारहरुको साथमा स्थानीय कलाकार तथा सांस्कृतिक झाँकीहरुको बेजोड प्रस्तुति रहने कुरा  कियाचु, युएईका बर्तमान अध्यक्ष मनिष नाल्बोले बताए।  

चासोक तङ्नामको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रहरुको आयोजना गर्दै आई रहेको कियाचु, युएईले यस पटकको कार्यक्रम ०८ मा गर्ने निर्णय पारित गर्दै बैठक मार्फत आयोजक तथा संयोजक समितिले  संस्थामा आवद्ध अग्रज मान्यजन, सल्लाहकार, पदाधिकारी, कार्यकारी सदस्य तथा आजिबन सदस्यहरु लगायत कियाचु, युएईका सम्पूर्ण शुभ चिन्तक महानुभाबहरुलाई कार्यक्रम सफल, सार्थक, भब्य र सभ्य रुपमा सम्पन्न गर्न गराउन एकजुट भई सहयोग गर्न आब्हान सहित युएईमा रहेका नेपालीई सहभागिताको अनुरोध गरेको छ| 

किरात याक्थुङ चुम्लुङ, युएईले युएईमा हरेक वर्ष मनाउदै आएको चासोक तङ्नाम (न्वागी पूजा) लाई किरात समुदायमा उधौली पर्ब भनेर चिनिने गरिन्छ भने यस पर्वलाई लिम्बूहरुले 'चासोक तङ्नाम' राई समुदायले 'साकेला' सुनुवार समुदायले 'फोलस्यांदर' र याक्खाहरुले 'चासुवा' भनेर मनाउने गर्दछन ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »