बच्चा जन्मिनेबित्तिकै नर्सले लगिन् आइसियुमा, बाहिर निस्किँदा छोरी बनेपछि हंगामा

२६ कार्तिक २०७४

banner

अस्पतालमा जन्मिएको बच्चा अचानक ‘छोरा’बाट ‘छोरी’ बनेको भन्दै सुत्केरीका परिवारले अस्पतालमै हंगामा मच्चाएका छन् । परिवारले बच्चा ‘छोरा’ जन्मिएको तर पछि अस्पतालले बच्चा साटेर आफूहरुलाई अर्कैको छोरी दिएको आरोप लगाएका छन् । भारतको हरियाणा राज्यको कुरुक्षेत्रमा भएको यो घटना निकै विवादिन बनेको छ । सुत्केरीका परिवारले अस्पतालविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । परिवारले बच्चा जन्मिएपछि आफूहरुलाई दिएर बधाइसमेत दिएपछि नर्सले बच्चा लिएर आइसियुमा गएको र पछि आफूहरुलाई छोरी जन्मिएको बताएको आरोप लगाएका छन् । 

अस्पताल प्रशासनले भने आरोप अस्वीकार गरेको छ । सुत्केरी महिलाले भने यी छोरी आफ्नी भए÷नभएकोबारे आफूलाई जानकारी नभएको बताएकी छिन् । जन्मको बेला आफू बेहोस भएकोले आफूलाई यसबारे थाहा नभएको उनले बताइन् । तर, शिशुका पिता सुमित कुमार भने आफ्नी श्रीमतीले छोरा नै जन्माएको दावी गर्छन् । सुमितले बालिकाको डिएनए परीक्षणको माग गरेका छन् । उनले आफ्नी श्रीमतीले छोरा जन्माएको र अस्पतालको स्टाफले बच्चा साटिदिएको आरोप लगाए । उनले अस्पताल पनि आफ्नो स्टाफको गल्ती लुकाउन लागिपरेको बताए । यदि बालिकाको डिएनए परीक्षण नभए आफू स्वास्थ्यमन्त्रीसँग जाने उनले बताए । महिलाले भने यी बालिका आफ्नी छोरी भए पनि नभए पाि आफू पाल्न तयार रहेको बताएकी छिन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »