यु १९ एसिया कपः क्रिकेट इतिहासमा पहिलोपटक भारतमाथि नेपालको शानदार जीत

२६ कार्तिक २०७४

banner

काठमाडौं। क्रिकेटको बादशाह मानिने भारतीय टिममाथि नेपाली टिमले शानदार विजय हासिल गरेको छ । मलेसियामा भइरहेको यु१९ एसिया कपअन्तर्गत आज भएको दोस्रो खेतमा नेपालले भारतलाई १९ रनले हराएको हो । 

नेपालको जीतमा कप्तान दिपेन्द्र सिंह ऐरी हिरो बने । उनले एक्लै नेपाली टिमका लागि ८८ रनको योगदान र एक्लैले सबैभन्दा बढी चार विकेट लिए । पहिले ब्याडिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । १८६ रन पच्छ्याएको भारत १६६ रनमै अलआउट भएको हो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »