भारतलाई हराएपछि पनि नेपाली कोच विनोद दासले लिएनन् जीतको श्रेय 

२६ कार्तिक २०७४

banner

काठमाडौं। नेपाली यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले आज भारतविरुद्ध नेपालले हासिल गरेको शानदार विजयको जस आफूले लिएनन् । उनले यो ऐतिहासिक जीत भएको बताउँदै यो सफलताको श्रेय टिमका खेलाडीहरुको परिश्रम र उनीहरुको विश्वासलाई जाने बताए । 

दासले भनेका छन् ‘खेल सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक थियो । यहाँ यसअघि खेलेका आधारमा परिस्थिति समयसँगै फेरिने हामीलाई थाहा थियो । हामीले सबै प्रतिस्पर्धी कति कमजोर वा बलियो छन् भनेर पहिल्यै तयारी गरेका थियौं । हामीलाई थाहा थियो हामीले यहाँ हाम्रो ‘बेस्ट’ खेल्नुपर्छ । दिपेन्द्रले हामीले अहिलेसम्म देखेकोभन्दा उत्कृष्ट अलराउण्डर प्रदर्शन गरे । उनले ब्याटिङ र बलिङ दुवैका राम्रो नेतृत्व गरे ।’
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »