नेपाल भ्यालुयर्स एसोसियसन आन्दोलित, तीन दिन काम ठप्प पार्ने

२६ कार्तिक २०७४

banner

काठमाडौं। सम्पत्ति मूल्याङ्कन गर्ने मूल्याङ्कन कर्ताको संगठन भ्यालुयर्स एसोसियनले मूल्याङ्कन नीति अस्पष्ट भएको भन्दै नीतिगत सुधार गर्नुपर्ने माग गरेको छ। आइतबार  राजधानमिा पत्रकार सम्मेलन गरेर एसासियसनले नीतिगत अस्पटताका कारण मूल्याङ्नकर्ता इन्जिनियरले समस्या भोग्नु परेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै एसोसियसनका अध्यक्ष ऋषि कोइरालाले सम्पत्ति मूल्याङ्कका विषयमा भएका अस्पष्टता र अपारदर्शितालाई समाप्त गर्न एसोसियसन र नेपाल बैँकर्स एसोसियनबीच  सहमति भएपनि त्यसअनुसार काम हुन नसकेको बताए।

बैँकर्स एसोसियसनले समस्या समाधानकालागि कुनै निचोड निकाल्न नसकेको कोइरालाको भनाइ छ। बैँकहरुको नियमन निकाय नेपाल राष्ट्र बैँकले पनि समस्या समाधानका लागिकुनै चासो नदिएको गुनासो कोइरालाको छ। तर नेपाल राष्ट्र बैँकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने सम्पत्ति मूल्याङ्कनको विषय पूर्ण रुपमा राष्ट्रबैकले नियमन गर्ने व्यवस्था नभएको जानकारी दिए।

पत्रकार सम्मेलानमा बोल्दै पौडेलले भ्यालुयर्स एसोसियसन र बैँकर्स एसोसियनबीच समन्वय गरेर समस्या समाधान गर्न सल्लाह दिए। बैँक र मूल्याङ्कनकर्ताबीचको समस्या भएकाले राष्ट्र बैकको प्रत्यक्ष भूमिका केहीपनि हुन नसक्ने पौडेलको तर्क छ।

अस्पष्टता र समस्या समाधानकालागि सरोकारवालासँग बसेर छलफल गर्नकालागि भने राष्ट्र बैँक तयार रहेको पौडेलको भनाइ छ।
कार्यक्रममा कानुनविद् नारायणप्रसाद कोइरालले नीतिगत अस्पटताका कारण समस्या आएको बताए। इन्जिनियरसमेत रहेका कोइरालाले नीतिगत अस्ष्टताका साथै बैँकका कर्मचारीको मिलेमतोका कारण पनि मूल्याङ्कनकर्ता समस्यामा पर्ने गरेको बताए।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »