जनयुद्धका घाईते पराजुलीलाइ पर्वत सेवा समाज नेपाल शाखा इजरायलको सहयोग

२६ कार्तिक २०७४

banner

काठमाडौँ । क्यान्सर रोगबाट पीडित पर्वतका राम पराजुलीको उपचारका लागी सहयोगी हातहरु बढ्ने क्रम जारी छ । यसैबिच रामको उपचार निकै खर्चिलो बन्दै गएका बेला मातृभुमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवारले ८६००० रुपैयाँ प्रदान गरेको छ । इजरायलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हामी मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायल परिवारका तर्फबाट पर्वत सेवा समाज केन्द्रकका अध्यक्ष अर्जुन पौडेल गाउले, सल्लाकार मनहरी तिमिल्सिना,सचिव अर्जुन निराजन, आजिबन सदस्य राजेन्द्र लामिछाने भरतपुर क्यान्सर हस्पिटल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

जनयुद्धका घाईते रामको उपचारका लागी उक्त रकमले सुनमा सुगन्ध थप्ने परिवारले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका ९ स्थित कटुवाचौपारीका ३६ वर्षिय राम पराजुली शर्माको उपचारमा समस्या परेको हो । रक्त क्यान्सरका कारण लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक अभाव खड्कीएपछि पपरिवार समस्यामा परेको हो । घरको आर्थिक अवस्था अत्यन्त दयनिय भएका कारण आवश्यक सहयोग उपलब्ध गराइदिनुहुन उनका आफन्तहरुले सामाजिक सञ्जाल लगायत विभिन्न माद्यामबाट अपिल गरेका छन् ।

पराजुलीको उपचारका लागि रु ६० लाख रुपैया खर्च लाग्ने र अहिलेसम्म २० लाख रुपैया खर्च भैसकेको छ भन्दै इजरायल बाट मात्रु भुमिका लागि पर्बत समाज सेवा का शाखा अध्यक्ष नरेन्द्र छेत्री जि ले हामिलाइ जानकारी दीनुभयो ।र उहाले भबिस्यमा पनि यस्ता सामाजिक काममा आफु लगायत सम्पुर्ण हाम्रो मात्रुभुमिका लागि पर्बत समाज इज्राएल टिम यसरी आगाडी बढीरहने छौ भन्नी प्रतिबद्धता हामिलाइ दीनु भयो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »