शेर्पा संघ दक्षिण कोरियाले नेपालीहरुको मौलिक चाड लाई निरन्तरता दिने

२६ कार्तिक २०७४

banner

कोरियामा बिगत लामो समय देखि विभिन्न सामाजिक ,परोपकारी कार्य गर्दै नेपाली समुदाय माझा आफ्नो पहिचान स्थापित गर्न सफल भएका शेर्पा संघ दक्षिण कोरिया द्वारा फेनतेक स्थित बैठक बसि यस वर्ष पनि ग्यलबो लोशार मनाउने निर्णय गरेको संघको अध्यक्ष सेर साङबो शेर्पाले जानकारी दिए l 

कार्यक्रममा आयोजना गर्नुको मुख्य उदेश्य भनेको प्रवास मै रहेर पनि आफ्नो भाषा, धर्म, संस्कार सांस्कृतिकको संरक्षण, सम्बद्र्धनमा विशेष सहयोग पुर्याउन र कोरियामा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्य ब्यस्तताका कारण उत्पन्न तनाब थकान र न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन सलनाल मा ग्यलबो लोशार कार्यक्रम आयोजना गर्न लागिएको आयोजक कमिटिले जानकारी दिए । उक्त लोशार कार्यक्रममा स्थानीय शेर्पा समुदायको कलाकार हरुको बेजोड़ प्रश्तुति रहने छ भने रात भरि डीजे सेसन र उचित खाने पिउने ब्यावस्था समेत रहने संघ को अध्यक्षले जनाउनु भयो l 

कार्यक्रम 2018 फरवरी 16 तारिक साँझ आयोजना हुने भएको छ l कार्यक्रम आयोजना हुने स्थान र हल भने केहि दिनमा टुङ्गो लाग्ने जानकारी प्राप्त भएको छ l शेर्पा संघ दक्षिण कोरिया द्वारा सिन्धुपाल्चोक जिल्ला लिस्ती स्थाई घर भई २ वर्ष अगाडी कोरिया प्रवेश गरेका निमा शेर्पा आफ्नो कार्य गर्ने क्रममा अचानक घुडामा गम्भीर समस्या देखा परेको र सउलको वनजारक क्यानसर हस्पिटलमा भर्ना भए पश्चात डाक्टरले घुडाको अपरेशन गर्नु पर्ने बताए पछी बिरामिले आर्थिक अवाभ भएको र आर्थिक सहायोग गर्न अनुरोध गरेको खबर प्राप्त भए पछि बिरामीको अवस्था बुझन शेर्पा संघको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष अस्पताल पुगी बिरामी स्थिति बुझेर तत्काल आर्थिक संकलन अभियान मा जुठेको थिए l शेर्पा संघले 341000 वोन संकलन गरी संघको कोषध्यक्ष गुरु निमा शेर्पाले बिरामी लाई प्रत्यक्ष भेटि हाल खबर बुझ्नु को साथै उक्त संकलित रकम हस्तान्तरण गर्नु भएको र बिरामीको स्वास्थय क्रमिक सुधार हुँदै आएको शेर्पाले जानकारी दिए l

Leave a reply

HTML Tags are not supported

Post My Comment »