खाना खाएर गाडी फर्काउन खोज्दा त्रिशुलीमा यात्रु बस खस्यो

२६ कार्तिक २०७४

banner

काठमाडौँ। धादिङको सिम्लेस्थित खयरघारीमा यात्रुबस दुर्घटना भएको छ। विराटनगरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७६८७ नम्बरको उदिता यातायातको यात्रु बस आइतबार साँझ खयरघारीमा दुर्घटना भएको हो।

प्रत्यक्षदर्शीहरुका अनुसार सिम्ले खयरघारीमा रहेको एक होटलमा खाना खाएर गाडी फर्काउने क्रममा उक्त बस सडकबाट त्रिशुली नदीमा खसेको हो। बसमा करिब ४५ जना यात्रु सवार थिए। डिसीनेपालका संवाददाताले जानकारी दिएअनुसार बस दुर्घटना हुँदा केही यात्रु खाना खाने होटलमै थिए भने अन्य केही मात्र बसभित्र रहेका थिए।

दुर्घटना भएपछि गाडी भित्र रहेका सबै यात्रु घाईते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घाईते मध्ये बस चालक र एकजनाको अवस्था गम्भिर रहेको बताइएको छ।

बस कसरी सडकबाट त्रिशुलीमा खसेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उता यात्रुहरुले भने चालकले लामो समयसम्म आरामै नगरी बस चलाएको बताएका छन्।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »