क्रुर तानाशाह किम सुन्दरी श्रीमतीको रुपमा यसरी भएका थिए फिदा

२७ कार्तिक २०७४

banner

एजेन्सी। उत्तर कोरियाका नेता किम जोङ उनलाई क्रुर तानाशाहको संज्ञा दिइन्छ। उनको रहस्यमय छविलाई बेला बेलामा संचारमाध्यमले उजागर गर्ने गरेका छन्। किमको रहस्यमय छविको एक मुख्य भाग हुन्. उनकी श्रीमती रि सोल जू, जसका विषयमा थोरै मानिसलाई मात्र जानकारी छ। किम जोङ उनको रहस्यमय छविको एक मुख्य हिस्सा उनकी श्रीमती हुन्। 

२०१२ मा अचानक किम जोङ एक निकै सुन्दरी महिलासँग देखिए। मानिसहरु सुन्दर महिलालाई क्रुर तानाशाहसँग देखेर छक्क परे। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार त्यसको केही दिनपछि उत्तर कोरियाको सरकारी संचारमाध्यमले ती सुन्दर महिला किम जोङ उनकी  श्रीमती र उनको नाम रि सोल जु भएको घोषणा गर्यो।

रि सोल जुको जन्म २८ सेक्टेम्बर १९८९ मा भएको हो। रि सोल जु २००५ मा एसियन एथटेकिट च्याम्पियनका क्रममामा राजधानी प्योङयाङ आएकी थिइन्। सो क्रममा ९० औं चियरलिडर टिम पनि सहभागी थियो। 

यद्यपी केही संचारमाध्यमले रि सोल जु एक गायिका भएको पनि उल्लेख गरेका छन् भने केही संचारमाध्यमले रि सोललाई राष्ट्रिय टोलीको लिडर भएको बताएका छन्।  जसअन्तर्गत उनी विश्वका धेरै देश घुमेकी छन्।

सोही क्रममा किम जोङ उनले रि सोललाई पहिलो पटक देखेका थिए। उनलाई देख्ने वित्तिकै किम रि सोलको सुन्दरताले लठ्ठ परेका थिए।  किमका एक भान्सेका अनुसार किमले रि सोलसँग भेट गर्दै उनको सुन्दरताको तारिफ गरेका थिए। रि सोलको आवाजको आफूले वयान  गर्न नसक्ने किमले बताएका थिए।  विवाह पश्चात रि सोल किमसँग बेला बेलामा सार्वजनिक कार्यक्रममा देखा पर्ने गर्छिन्।  नयाँ मिसाइल परीक्षण गर्नेदेखि कस्मेटिक फ्याक्ट्रीको उद्घाटनसम्म रि सोल किमसँग देखापर्छिन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »