विनोद दासलाई खोज्दै ड्रेसिङ रुममै पुगेका राहुल द्रविडले गरे नेपाली टोलीको प्रशंशा

२७ कार्तिक २०७४

banner

काठमाडौँ । यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्यो । यो जितले नेपालीलाई धेरै खुसी बनायो भने भारतलाई स्तब्ध तुल्यायो। 

भारतको पराजयपछि स्तब्ध बनेका भारतीय टोलीका कोच राहुल द्रविडले आफ्नो पीडा लुकाउदै नेपाली टिमलाई बधाई दिएका छन्। जितपछि नेपाली टोलीका प्रशिक्षक विनोद दासलाई खोज्दै ड्रेसिङ रुममै पुगेका राहुलले बधाई दिएका थिए। 

मलेसियामा आयोजना भएको यू-१९ एसियाकप क्रिकेटमा आइतबार नेपालले शक्तिशाली भारतलाई पराजित गरेको थियो। इएसपिएन क्रिकइन्फोसँगको कुराकानीमा नेपाली टिमका प्रशिक्षक बिनोद दासले भने, ‘द्रविड निकै विनम्र रुपमा प्रस्तुत भए। हामीलाई बधाई दिए। उनले हामी जितको हकदार भएकोसमेत बताए।' 

द्रविडले प्रतियोगितामा नेपालले अरुले भन्दा राम्रो खेलेको पनि बताए। आइतबार नेपालको जीतमा कप्तान दिपेन्द्र सिंह ऐरी हिरो बने। उनले एक्लै नेपाली टिमका लागि ८८ रनको योगदान र एक्लैले सबैभन्दा बढी चार विकेट लिए। पहिले ब्याडिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। १८६ रन पच्छ्याएको भारत १६६ रनमै अलआउट भयो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »