दयाहाङ्गकी सोल्टिनीमाथि कस्ले लगायो नजर (भिडियो)

२७ कार्तिक २०७४

banner

काठमाण्डौ। गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् । साथमा गायक रुम्बा आँफैले पनि अभिनय गरेका छन् । चलचित्र ‘कबड्डी’ मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् ।

गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् । विकास सुवेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकीय स्थान बन्दिपुरमा गरिएको हो ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »