विप्लव समूहका १२ जना कार्यकर्ता पक्राउ

२७ कार्तिक २०७४

banner

पोखरा, २७ कात्तिक ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

मंसिर २१ गते हुने निर्वाचनमा उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । शान्तिपूर्ण चुनावलाई भाड्ने प्रयास गर्ने उच्छृंखल क्रियाकलापमा संलग्नलाई छानीछानी कारबाही गर्ने प्रहरीले जानकारी गराएको छ।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »