९ जना उच्च सरकारी अधिकारीमाथि अख्तियारको आँखा, को-को मुछिए ? 

२८ कार्तिक २०७४

banner

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ जना सरकारी अधिकारीहरुमाथि छानबिन थालेको छ। 

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीहरुको सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको हो। यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसिसकेको छ। 

अख्तियार उच्च स्रोतका अनुसार छानविनमा पर्नेमा नेपाल विद्युत प्राधिकरणका दुई उच्च अधिकारी छन्। प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल र ११ औ तहका निर्देशक दामोदर भक्त श्रेष्ठमाथि छानविन सुरु भएको छ। श्रेष्ठ चिलिमे जलविद्युत आयोजनाका प्रमुखसमेत हुन्। 

कृषि सामग्री कम्पनी लिमिटेडका ११ औं तहका अधिकृत अच्यूत पौडेलसमेत छानबिन दायरामा छन्। सडक विभागका उपसचिवस्तरका दुई ईञ्जिनियरहरु (सीडीई) दण्डपाणी पौडेल र ज्ञानेन्द्रकुमार झा समेत गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा परेका छन्। त्रिभुवन विमानस्थलका महानिर्देशक देवानन्द उपाध्याय पनि छानबिनमा परेका छन्।

राजस्व समूहका चार अधिकृतको सम्पत्ति पनि छानबिन भइरहेको अख्तियार स्रोतले बतायो। राजस्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल र शिवचन्द्र पन्त तथा आन्तरिक राजस्व विभागका अधिकृत रमेश भट्टराईमाथि समेत छानबिन सुरु भएको अख्तियार स्रोतले बतायो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »