नौ सन्तानकी आमा प्रेममा पागल, ३० वर्षका युवकसँग गरिन विवाह

२८ कार्तिक २०७४

banner

लन्डन। भनिन्छ, प्रेम गर्नेको न कुनै उमेर हुन्छ, न सीमा नै। प्रेम कहिले, कहाँ र कोसँग हुन्छ कसैलाई थाहा हुँदैन। बेलायतमा प्रेमको यस्तै दृष्य देखिएको छ।

बेलायतको बोल्डनकी ४४ वर्षीया एक महिलाले फेसबुकमार्फत साथी बनेका एक युवकसँग विवाह गरेकी छन्।  ९ सन्तानकी आमा ती महिला हेदी हेपवर्थले अफ्रिकाका ३० वर्षीय एक युवकसँग पिरती बस्यो।  त्यतिमात्र होइन ९ सन्तानकी आमा ती महिलाले ३० वर्षीय युवकसँग विवाह नै गरिन्। 

हेदीका श्रीमानका अनुसार आफ्नी श्रीमती युवको प्यारमा यतिहदसम्म पागल भएकी थिइन् की उनले प्रेमीलाई भेट्न पहिलो पटक बेलायत भन्दा बाहिर  गइन्। हेदी गत महिना प्रेमीलाई भेट्न अफ्रिका पुगेकी छन्। उनका श्रीमानका अनुसार विगत केही महिनादेखि हेदीको व्यवहारमा परिवर्तन आएको थियो। उनले आफ्नो शरीरमा ट्याटू बनाउन निकै उत्साहित थिइन्।

एक दिन उनले आफू अचानक अफ्रिका जाने निर्णयमा पुगेको बताइन्।  उनले आफ्नो परिवारको विषयमा केही पनि सोचिनन्। उनले आफ्ना साना बच्चाका विषयमा पनि कुनै पर्वाह गरिनन्।  सुरुमा उनी आफ्नो घर परिवारप्रति निकै सचेत थिइन्। हेदी र श्रीमानबीच २३ वर्ष पुरानो सम्बन्ध थियो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »