अन्डर वल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति आज लिलामी  हुँदै

२८ कार्तिक २०७४

banner

एजेन्सी। मोस्ट वान्टेड अन्डर वल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति आज लिलामी हुँदैछ। दाउदको मुम्बईमा अवस्थित दश मध्ये तीन प्रपर्टीज आज लिलामी हुँदैछ। यद्यपी दाउदको सो सम्पत्ति किन्न कोही तयार भए नभएको विषयमा केही खुलाइएको छैन।

यसअघि पनि दाउदको सम्पत्ति लिलामी गर्ने घोषणा भएपनि किन्ने मानिस भेटिएका थिएनन्।  दाउदको सम्पत्तिको लिलामी चर्चगेटको आएएमसी भवनको किलाचन्द सभा हलमा हुने भारतीय संचारमाध्यमले जनाएका छन्। 

यो लिलामीमा होटल रौनक अफरोज, डामरवाला भवनको ६ कोठा र याकुल स्ट्रिटस्थित शबनम गेस्ट हाउस छन्। होटल रौनक अफरोजलाई विशेष रुपमा हेरिएको छ। जसको सुरुवाती मूल्य एक करोड १८ लाख रुपैयाँ छ। यद्यपी यसअघि भएको लिलामीमा एक पत्रकारले यो होटलकालागि चार करोड २८ लाख रुपैयाँको मूल्य लगाएका थिए। तर उनले सो रकम चुकाउन सकेनन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »