एमाले नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण, अंगरक्षक घाइते

२८ कार्तिक २०७४

banner

काठमाडौँ । चुनावी प्रचारमा हिँडेका नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ। आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन्।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राई भोजपुर प्रदेशसभाका उम्मेद्वार हुन्। राईलाई कस्ले बम आक्रमण गरेको भन्ने बारेमा केही नखुलेको प्रहरीले जनाएको छ। गोगनेको आमसभालाई सम्बोधन गर्न जाने क्रममा भोजपुरको पिखुवा खोला नजिकै रार्इसहित नेता कार्यकर्ता चढेको गाडीमा बम आक्रमण भएको थियो। 

सडकको घुम्तिमा भएको बम विस्फोटमा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ। राई सहित अन्य व्यक्ति सकुशल रहेका छन्। बम आक्रमण किन र कस्ले गराएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो। उम्मेद्वारमाथि लगातार आक्रमण हुन थालेपछि सुरक्षा व्यविस्थामा चुनौति देखिएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »