समाजसेवी अम्बिका थपलियाद्वारा विद्यालयलाई दश वटा कम्प्युटर प्रदान 

२८ कार्तिक २०७४

banner

रानीपौवा (नुवाकोट)।  समाजसेवी अम्बिका थपलिया नुवाकोटको एउटा माध्यमिक विद्यालयलाई १० थान अत्याधुनिक कम्प्युटर निशुल्क प्रदान गरेकी छन्। जिल्लाका दुई नगरपालिका सदरमुकामको विदुरका अतिरिक्त बेलकोट नगरपालिका रहे पनि बेलकोट अझै पनि गाउँकै अवस्थामा रहेको र राजधानीको नजिकै भएर पनि बत्तीमुनी अँध्यारोको नियति भोगिरहेको ठाउँ हो।

बेलकोट नगरपालिका वडा नं. ३ मा अवस्थित शक्ति माध्यमिक विद्यालयको स्तरउन्नतिका लागि खुककुमारी थपलिया मेमोरियल ट्रस्टले १० थान अत्याधुनिक कम्प्युटर सेट ट्रस्टका संरक्षक अम्बिका थपलियाले एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेकी हुन्। कम्प्युटर अमेरिकास्थित हेल्प टु राईज फाउन्डेशन नामक संस्थाबाट उपलब्ध भएको हो।

विद्यालयका प्रधानाध्यापक सुनबहादुर तामाङले ट्रस्टको योगदानका लागि कृतज्ञता सहित धन्यवाद दिनुका साथै कम्प्युटर सेटको प्राप्तिबाट विद्यालयमा शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण योगदान पुग्ने र विद्यार्थीहरूको सिक्ने क्षममतामा बृद्धि हुने विश्वास व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद थपलियाले ट्रस्टले यसअघि पनि विद्यालयलाई महत्वपूर्ण सहयोग गरेककोप्रति अध्यवाद दिए। 

समाजसेवी अम्बिका थपलिया सोही विद्यालयमा पढेर विद्यालयमै केही वर्ष शिक्षिकाको रुपमा पनि सेवा गरिसकेकी छन्। २०७२ को भूकम्प लगायत जिल्लामा आइलाग्ने दैवी प्रकोपहरूमा ट्रस्टको तर्फबाट सेवा र योगदान पु¥याउँदै आएकी छन्। एकल जीवन बिताइरहेकी उनी हाल ओम शान्ति आध्यात्मिक यात्रामा छन्।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »