मलेसियाविरुद्धको खेलमा पनि दिपेन्द्र हिरो, १ ओभरमै रन नदिइ २ विकेट लिए

२८ कार्तिक २०७४

banner

काठमाडौं। एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा नेपालले मलेसियाको चौथो विकेट हात पारेको छ । वर्षाका कारण ढिला गरी सुरु भएको खेलमा मलेसियाले आक्रामक सुरुवात गरे पनि यो सिलसिला धेरै टिक्न सकेन । छैटौं ओभरको चौथो बलमा अनिल शाहले मलेसियाका ओपनर विरन्दिप सिंहलाई १० रनको स्कोरमा आउट गरे । लगत्तै सातौं ओभरमा कप्तान दिपेन्द्रले कुनै रन नदिइ साइद अजिज र सौनविन्दर सिंहलाई आउट गरे । सातौं ओभरमा सन्दिप लामिछानेले मुहम्मद हफिजलाई एलबिडब्लु आउट गरे ।

नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण पाँच घण्टा ढिला गरी सुरु भएको हो । खेल २४ ओभरको हुनेछ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । यसैगरी समूह ए कै भारत र बंगलादेशबीचको खेल पनि ३२ ओभरमा झारिएको छ । भारत र बंगलादेशबीचको खेल सुरू भएपछि वर्षाले रोकिएको थियो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »