अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

२८ कार्तिक २०७४

banner

म्याग्दी । अत्यधिक रक्तस्रावका कारण म्याग्दीमा एक सुत्केरीको आइतबार मृत्यु भएको छ। 

धौलागिरि गाउँपालिका- ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो। बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पुर्याइएको थियो। 

ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियोे। दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले बताए। 

शिशुको अवस्था भने सामान्य छ। खिवाङ गाउँ म्याग्दीको विकट बस्तीमध्येमा पर्छ। दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन्। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »