नेपालको आक्रामक कमब्याक, ८ रन जोड्दा मलेसियाले ९ विकेट गुमायो

२८ कार्तिक २०७४

banner

काठमाडौं। ओपनरले आक्रामक सुरुवात गरेको मलेसियाको टिम १४ ओभरसम्म पुग्दा पूरै तहसनहस भएको छ । एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत समूह चरणको खेलमा नेपालविरुद्ध सुरुका ५ भोभरमा कुनै विकेट नगुमाइ ३३ रन जोडेको मलेसिया १४ ओभरसम्म पुग्दा ९ विकेट गुमाइ ४३ रनको स्थितिमा छ । 

नेपाल र मलेसियाबीचको खेलमा नेपालले मलेसियाको नवौं विकेट हात पारेको छ । वर्षाका कारण ढिला गरी सुरु भएको खेलमा मलेसियाले आक्रामक सुरुवात गरे पनि यो सिलसिला धेरै टिक्न सकेन । छैटौं ओभरको चौथो बलमा अनिल शाहले मलेसियाका ओपनर विरन्दिप सिंहलाई १० रनको स्कोरमा आउट गरे । लगत्तै सातौं ओभरमा कप्तान दिपेन्द्रले कुनै रन नदिइ साइद अजिज र सौनविन्दर सिंहलाई आउट गरे । सातौं ओभरमा सन्दिप लामिछानेले मुहम्मद हफिजलाई एलबिडब्लु आउट गरे । ९ ओभर ६ बलमा सन्दिपले नै मोहम्मद आरिफ युसुफलाई एलबीडब्लु आउट गरे । १० ओभर ३ बलमा शहाब आलमले असलम खानलाई एलबीडब्लु आउट गरे । सोही ओभरको अन्तिम बलमा शहाबले नै अम्मर उजैरलाई आउट गरे । ११ ओभर १ बलमा सन्दिप लामिछानेले उल्लाह मलिकलाई एलबीडब्लु आउट गरे । सोही ओभरको अन्तिम बलमा सन्दिपले नै विजय उन्नीलाई आउट गरे । १२ औं ओभर सकिँदासम्म मलेसियाले ८ रन थप्दा ९ विकेट गुमाइसकेको छ ।

नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण पाँच घण्टा ढिला गरी सुरु भएको हो । खेल २४ ओभरको हुनेछ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । यसैगरी समूह ए कै भारत र बंगलादेशबीचको खेल पनि ३२ ओभरमा झारिएको छ । भारत र बंगलादेशबीचको खेल सुरू भएपछि वर्षाले रोकिएको थियो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »