मलेसियाका ६ जना ब्याट्सम्यान ‘जीरो’मा आउट 

२८ कार्तिक २०७४

banner

काठमाडौं। एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको अ‍ेलमा मलेसियाका ६ जना ब्याट्सम्यान शुन्यमा आउट भएका छन् । नेपालविरुद्ध २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाका ओपनरले आक्रामक सुरुवात गरे पनि अरु कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

ओपनर साइद अजिजले २० र अर्का ओपनर कप्तान वीरन्दीप सिंहले १० रन जोडेका थिए । यसबाहेक सैफ उल्लाह मल्लिकले ५ रन मुहम्मद १ रन बनाए । हैकल मुहम्मद खैर ५ रनमा नटआउट रहे । बाँकी ६ जना ब्याट्सम्यान सबै ‘जीरो’मा आउट भए । नेपालविरुद्ध कुनै विकेट नगुमाइ ३३ रन बनाएको मलेसिया थप १२ रन जोड्दा अलआउट भएको हो । ओपनरले आक्रामक सुरुवात गरेको मलेसियाको टिम १५ ओभर ३ बलमा ४५ रनमा अलआउट भएको हो । मलेसियालाई अलआउट गर्न नेपाली बलर सन्दिप लामिछानेले ५ विकेट लिए । कप्तान दिपेन्द्र सिंह ऐरीले २ ओभरमा २ विकेट र शहाब आलमले ३ ओभरमा २ विकेट लिए । अनिल शाहले १ विकेट लिए । सुरुका ५ ओभरमा कुनै विकेट नगुमाइ ३३ रन जोडेको मलेसिया १५ ओभर ३ बलसम्म पुग्दा अलआउट भएको हो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »