अनिल साहको तेस्रो छक्कासँगै नेपाल विजयी

२८ कार्तिक २०७४

banner

काठमाडौं। अनिल साहको तेस्रो छक्कासँगै नेपाल मलेसियाविरुद्धको यु–१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा विजयी भएको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै भेट्टाएको हो । नेपालको जीतका लागि अनिल साहले ३ छक्का प्रहार गरे । उनले १५ बलमा २६ रनको नटआउट इनिङ खेले । कप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । उनले २ छक्का प्रहार गरे । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »