इतिहास रच्दै नेपाल एसिया कपको सेमिफाइनलमा, भारत समूह चरणबाटै ‘आउट’

२८ कार्तिक २०७४

banner

काठमाडौं। मलेसियाविरुद्धको शानदार जीतसँगै नेपाल यु–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपाल भारतलाई पछि पार्दै समूहको दोस्रो स्थानमा उक्लिएको थियो । अर्को खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । आजै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले दिएको १ सय ८८ रनको लक्ष्य बंगलादेशले २८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

बंगलादेशले ३ खेलमा सबै जित्दै कूल ६ अंकका साथ समूह विजेता बनेको हो । नेपालले ३ मध्ये २ खेल जितेको हो । पहिलो खेलमा बंगलादेशसँग २ विकेटको पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेको थियो । तेस्रो खेलमा आज मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघिको खेलमा नेपालले भारतलाई हराएपछि निकै हंगामा भएको थियो । नेपालसँग पराजित भारत समूह चरणबाटै बाहिरिएपछि भारतमा निकै हल्लाखल्ला भएको छ । भारतले आफैंलाई क्रिकेटमा सर्वश्रेष्ठ मान्ने गर्छ । क्रिकेटमा भारतको राष्ट्रिय टोली एसोसिएट राष्ट्रसँग यसअघि पराजित भएको थिएन ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »