नेपाल फिलिपिन्ससँग बराबरी खेल्यो, अनिल गुरुङले लिए सन्यास

२८ कार्तिक २०७४

banner

काठमाडौं। एएफसी एशियन कप छनोट चरणको पाँचौं खेलमा नेपाल फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ । सन् २०१९ मा हुने एएफसी एशियन कप छनोटका लागि भएको यो खेल नेपाली स्ट्राइकर अनिल गुरुङको अन्तिम खेल थियो । यही खेलसँगै स्ट्राइकर अनिलले सन्यास लिएका छन् । 

छनोट चरणका सुरुवाती चार खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । शीर्ष स्थानमा रहेको फिलिपिन्सका लागि भने यो नतिजाले धक्का लागेको छ । समूह एफमा फिलिपिन्सको ५ खेलबाट ९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको यमनको ४ खेलबाट ६ अंक छ । 

फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करिब १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »