काँग्रेस राष्ट्रहितको पक्षमा नरहेको केपी ओलीको आरोप

२८ कार्तिक २०७४

banner

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस राष्ट्रहितको पक्षमा नरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले कम्युनिष्टहरुले अधिनायकवादी शासन चलाउँछन भनेर काँग्रेसले जनतामा भ्रम छरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । मंगलबार बामपन्थी गठबन्धनका तर्फबाट काठमाडौंका प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको परिचय कार्यक्रममा बोल्दै ओलीले काँग्रेसलाई लोकतन्त्रको नाममा अलोकतान्त्रिक गतिविधि नगर्न पनि चेतावनी दिए ।

अध्यक्ष ओलीले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारले घोषणा पत्रमा समेत कूटनीतिक मर्यादामा जोड दिएर भारत सामू निरिहता प्रकट गरिरहेको दावी गरे । उनले काँग्रेसको घोषणा पत्रमा राष्ट्रिय हितका कुनै एजेन्डा उल्लेख नभएको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले बाम गठबन्धन निर्माणपछि देशभर उत्साह छाएको दावी समेत गरे । उनले मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन निर्माण गरेकाले जनता खुसी भएको तर्क समेत पेश गरे ।

अध्यक्ष ओलीले बाम गठबन्धन मुलुकको हितमा रहेकाले त्यसमा आशंका नगर्न पार्टीका नेता कार्यकर्तालाई पनि सचेत गराए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »