‘माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान’ द्वारा जिएमआरसँगको सम्झौत रद्द गर्न माग

२८ कार्तिक २०७४

banner

काठमाडौं। माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रीय समितिले हिजो सरकारले जिएमआरसँगको सम्झौताको म्याद थप गरेकोप्रति आपत्ति जनाएको छ।

मंगलबार  राजधानीमा समितिले पत्रकार सम्मेलन गरेर उक्त सम्झौताको म्याद सरकारले एक वर्ष थप गरेर गम्भिर गल्ती गरेको भन्दै घोर आपत्ति जनाएको हो।

समितिका अध्यक्ष भरतबहादुर शाहीको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरोकारवाला एवम् बुद्धिजीवीहरु क्रमशः प्रा.डा. सुरेन्द्र केसी, माथिल्लो कर्णाली बचाउ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता तथा नेल्कोनका अध्यक्ष पदम रोका, बरिष्ठ पत्रकार गोविन्द सिंह थापा, नेकपा माओवादी क्रान्तिकारीका नेता सिताराम तामाङ, राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यालय सचिव घनश्याम न्यौपाने, नेकपा मसालका प्रतिनिधि रामप्रकाश पुरी लगायतले सरकारले हिजो गरेको निर्णयको घारे विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

समितिले उक्त परियोजना विदेशी कम्पनीलाई नदिई स्वदेशी पुँजीमा स्वयम नेपालले नै निर्माण गर्न सकिने भन्दै सरकारको ध्यानाकार्षण गराएको छ । विगतदेखि ने उक्त समितिले यो माँग राख्दै आएको छ । समितिले आफूहरुले अघि सारेका जायज माँगहरु सरकारले यथाशक्य पूरा नगरे कडा भन्दा कडा आन्दोनलमा उत्रिने चेतावनी दिएको हो । कार्यक्रममको सञ्चालक समितिका केन्द्रिय सदस्य जगतप्रसाद रेग्मीले गरेका हुन् ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »