प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

२८ कार्तिक २०७४

banner

                                                    तालिवानका सदस्यहरु, तस्बिरः अफगानिस्तान, एएफपी

ग्राडेज, अफगानिस्तान। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ। 

प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु भएको छ। त्यस हमलापछि प्रहरीले गरेको प्रतिरक्षा आक्रमणमा ४५ आतङ्ककारी मारिएका छन्। 

त्यसैगरी सो आक्रमणमा परी अन्य १५ प्रहरी र ३५ आतङ्ककारी घाइते भएका छन्। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन। सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »