‘लिटिल मिस क्विन २०१७’मा नेपालकी विशेषता

२८ कार्तिक २०७४

banner

काठमाडौं।  ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व विशेषता बुढाथोकीले गर्ने भएकी छन्। ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगीताको उनीनै नेपालको पहिलो सहभागी हुन्।

यस अगाडि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी विषेशताले सो प्रतियोगीताबाट ‘लिटिल मिस प्लानेट’ र ‘लिटिल मिस ट्यालेन्ट उपाधी’ नेपाल भित्र्याउन सफल भएकी थिइन्।

‘चाइल्ड आइकन २०१७’की बिजेता समेत रहेकी बुढाथोकीले विश्वको मोडलिङमा आफ्नो स्थान बनाउने उदेश्यले प्रतियोगीतामा भाग लिन लागेको बताइन्।

राजधानीमै रहेको जोन डेवे स्कुल कक्षा पाँचमा अध्यायनरत १० वर्षीया बुढाथोकीलाई इप्लानेट नेपालले प्रतियोगीतामा पठाउन लागेको हो। ४१ देशका बाल सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा बुढाथोकीले डिजाइनर उत्तम बनेपालीले तयार पारेका बिभिन्न कल्चरल ड्रेस समेत प्रस्तुत गर्नेछिन्।

कोरियोग्राफर रोजिन शाक्यको आकर्षक ग्रुमिङ क्लास सहित विषेशता कार्यक्रम सहभागी हुन लागेको इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले जानकारी दिए।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »