श्रीमानले हँसियाले रेटेर श्रीमतीको घाँटी छिनाए‍‍‍‍पछि...

२९ कार्तिक २०७४

banner

राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन्। बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरीले शबलाई पोस्टमार्टमका लागि लहान पठाएको छ। श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »