अाचार्यकाे टिप्पणीः अाेली र प्रचण्ड सपना देख्नुस्र, तर बहुमत कांग्रेसकाे अाउँछ

२९ कार्तिक २०७४

banner

माेरङ। नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन्। रिपोर्टर्स क्लबले गरेको चुनावी बहसमा  नेता आचार्यले लोकतन्त्र र संविधानको रक्षाका लागि जनताले कांग्रेसलाई बहुमत दिने विश्वास व्यक्त गर्दै अतिवादतर्फ जाने बाटो जनताले नरोज्ने तर्क गरे।
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेता आचार्यले चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै अन्य दललाई पनि सरकारमा सहभागि गराएर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको बाटोमा हिँड्ने बताए।
वाम गठबन्धनका नाममा एमाले–माओवादीले सत्ता प्राप्तिका लागि चुनावी तालमेल गरेको तर्क आचार्यको छ। “ओलीले सपना देख्न पाउनुहुन्छ । एक्लै बरबराएर कम्युनिष्टको सरकार आउँदैन। नेपाली जनमत लोकतन्त्रका लागि हो।” आचार्यले भने ।

बहुमत आउँछ भन्ने आधारमा कांग्रेसले चुनाव लडेको बताउँदै आचार्यले वाम गठबन्धनले बहुमत ल्याएमा वैचारिक मतभेद उत्पन्न भई आर्थिक समृद्धिको यात्रामा प्रभाव पर्ने बताए।

विगतमा पञ्चायत, माओवादी जनयुद्ध र राजाको शाषनका कारण कांग्रेसले बहुमत ल्याउँदा पनि सोचे जति काम गर्न नसकेको तर्क गर्दै आचार्यले राजनीतिक अधिकारका लागि कांग्रेसले धेरै समय विताउनुपरेको बताए।

गणतन्त्र अएपछि भएको पहिलो संविधान सभा चुनावपछि ४ जना कम्युनिष्ट प्रधानमन्त्री हुँदा संविधान निर्माण गर्न नसकेको उदाहरण दिदै आचार्यले कम्युनिष्टहरुले गफ धेर्रै गर्ने काम केही गर्न नसक्ने आरोप लगाए।

विगतमा आन्दोलन र संविधान निर्माणका लागि कांग्रेसले बाहेक अरु कुनै दलले नेतृत्व लिन नसकेको बताउँदै उनले संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि कांग्रेसको विकल्पमा अरु कुनै दल हुन नसक्ने जिकिर गरे।

हिमाल, पहाड र तराईका जनतालाई जोड्नका लागि कांग्रेस नै चाहिने उनको तर्क छ । विगतमा विभिन्न बाधा अड्चनकाबिचमा पनि कांग्रेसले नीतिगत सुधार गरेर आर्थिक समृद्धिको प्रयास गरेको आचार्यले बताए।

कांग्रेसले एक्लै प्रजातन्त्रका लागि लडेको स्मरण गराउँदै उनले अहिले एमाले माओवादी कांग्रेससँग डराएर ६०–४० को भागबण्डामा चुनाव लडेको तर्क गरे।

Leave a reply

HTML Tags are not supported

Post My Comment »