अन्ततः अन्डर वल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति लिलामी

२९ कार्तिक २०७४

banner

बीबीसी। अन्डर वल्र्ड डन दाउद इब्राहिमको मुम्बईमा जफत गरिएको सम्पत्ति दशकौंपछि लिलाम भएको छ। मंगलबार मुम्बईको भिन्डी बजार इलाकामा दाउदीको सम्पत्तिहरु, सइफी बुरहानी अपलिफ्मेन्ट ट्रस्टले मुम्बईको आएएमसी च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीजमा भएको लिलामीमा प्राप्त भएको छ। यो ट्रस्टले दाउदको तीन सम्पत्तिको रेखदेख गर्दै आएको थियो।

जाँच एजेन्सी सीबीआईले १९९३ मा मुम्बईमा भएका श्रृंखलाबद्ध बम विस्फोटपछि दाउद इब्राहिमको सम्पत्ति जफत गरेको थियो।
ती मध्ये तीन रौनक अफरोज होटल, डम्बरवाला भवन र शबनम गेस्ट हाउस मंगलबार लिलाम भएका हुन्। 

सम्पत्ति प्राप्त गरेको ट्रस्टका प्रवक्ताले बीबीसीलाई दिएको  जानकारी अनुसार भिण्डी बजारमा चलिरहेको पुर्नविकास प्रोजेक्टमा आएको छ। ‘यो भवन निकै खराब अवस्थामा छ, यस्तामा बस्न सक्ने अवस्था छैन। सो भवनमा बसिरहेका परिवारको सुरक्षालाई ध्यानमा राखेर र पुनर्विकास कार्यक्रमलाई मध्यनजर गर्दै हामीले लिलामीमा भाग लियौं र सम्पत्ति प्राप्त गर्यौं,’ प्रवक्ताले भने।

अफरोज होटलको लिलामी मूल्य ४ दशमलव ५३ करोड रुपैयाँ, डम्बरवाला भवन ३.५३ करोड र शबनम गेस्ट हाउस ३.५२ करोड रुपैयाँमा लिलामी भएका छन्।

सो सम्पत्तिमा भाडा तिरेर बसिरहेकाहरुले लिलामी रोक्न साफेमा ट्राइब्युनलमा मुद्दा दायर गरेका थिए, जसलाई राखेज गरिएको छ।
केन्द्रीय जाँच एजेन्सी सीबीआईले ‘ द स्मगलर्स एण्ड फरेन एक्सचेन्ज म्यानुप्युलेटर्स (फरफिचर अफ प्रपर्टीज) एक्ट’ अन्तर्गत दाउदी इब्राहिमको सम्पत्ति जफत गरेको थियो। अर्थ मन्त्रालयले धेरै पटक यो सम्पत्ति लिलामी गर्ने कोशिसगरेको थियो। तर लिलाम हुन सकेको थिएन। 

के गर्छ सैफी बुरहानी अपलिफ्टमेन्ट ट्रस्ट

सम्पत्ति प्राप्त गर्ने ट्रस्ट बोहरा समुदायको संगठन हो। जो मुम्बईको भिन्डी बजार इलाकामा ठूलो प्रोजेक्ट संचालन गर्छ।  यो मुम्बईको सबै भन्दा ठूलो पुर्नविकास प्रोजेक्टमध्ये एक हो। जसमा करिव चार हजार करोड रुपैयाँ खर्च गरिँदैछ। यसमार्फत भिन्डी बजार इलाकाको पुराना भवनको पुननिर्माण गरिँदैछ।

यो ट्रस्टको स्थापना २००९ मा बोहरा समुदायका दिवंगत धर्मगुरु डा. सैयदाना मोहम्मद बुरहानुद्दिनले स्थापना गरेका थिए। अगस्टमा मुम्बईको भिण्डी बजारमा भत्किएको भवनपनि यही ट्रस्टको संरक्षणमा थियो। यो दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो। प्रहरीले सो दुर्घटनापछि ट्रस्ट विरुद्ध मुद्दा दायर गरेको थियो।

यद्यपी यो सम्पत्तिको लिलामी जहिल्यै चर्चाको विषय बन्दै आएको छ। र लिलामीमा भाग लिने चर्चामा आउने गरेका छन्। अखिल भारतीय हिन्दू महासभामा आवद्ध स्वामी चक्रपाणि दाउद इब्राहिमको सम्पत्ति किनेर त्यहाँ शौचालय बनाउने दाबी गर्छन्। उनले बीबीसीसँग भने, ‘यो सम्पत्ति लिलामी हुनुको स्पष्ट सन्देश अब डन दाउद इब्राहिमको डर समाप्त भयो भन्ने हो।’ उनले आफूलाई पनि सो सम्पत्ति किनेर सो ठाउँमा शैचालय बनाउन मन भएपनि आफूसँग त्यत्रो पैसा नभएकोब बताए।

२०१५ मा पनि दाउद इब्राहिमको सम्पत्ति लिलामीमा राखिएको थियो। त्यतिबेला पूर्व पत्रकार बालाकृष्णनले होटल  अफरोज किनेका थिए। तर मूल्य चुकाउन नसकेपछि सम्पत्ति उनको हात लागेन।

Leave a reply

HTML Tags are not supported

Post My Comment »