बैंक लुट्ने गजबको काइदा : ४ महिनासम्म घर भाडामा लिएर यसरी रचियो योजना

२९ कार्तिक २०७४

banner

बीबीसी । लुटेराले नयाँ उपाय अपनाएर बैँक लुटेका छन्। आफ्नो बैँक लुटिएको कर्मचारीले दुई दिनपछि मात्रै थाहाँ पाएका छन्। चोरले चार महिना लगाएर २५ फुट लामो सुरुङ खनेर बैँक लुट्न सफल भएका हुन्। 

२५ फुट लामो सुरुङबाट छिरेर लुटेराले बैँकमा रहेका क्यास र गरगहना लुगेर लगेको भारतीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। 

भारतको  मुम्बईस्थित बैँक नजिकै चोरले सुरुङ खन्नका लागि एक घर भाँडामा ल्याएका थिए, सुरुङ खन्न सजिलो होस् भनेर । भारतीय जाँच एजेन्सीका अनुसार शनिबार राति उक्त सुरुङबाट छिरेर चोरले बैँक लुटेर फरार भएका थिए। 

लुटेराले महिनौँदिनसम्म कसैले शंका नपाउने गरी कसरी सुरुङ खने भन्ने विषयमा प्रहरी नै अचम्मित बनेका छन्। आइतबार बिदा भएकाले सोमबार बिहान बैँक खोलेपछि मात्र कर्मचारीले बैँक लुटिएको थाहाँ पाएका थिए। बैँक लुटिएको थाहाँ पाएलगत्तै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले लुटेराको खोजी गरिरहेको बीबीसीले जनाएको छ।     


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »