परिवारका बाँकी ४ जनाले गरे आत्महत्या, घरैमा भएकी जेठी छोरी १ महिनासम्म भागेर बेपत्ता 

२९ कार्तिक २०७४

banner

एजेन्सी। आफ्ना आमाबुवा, भाइ र बहिनी गरी परिवारका सबैले आत्महत्या गर्दा पनि घरकी जेठी छोरी भागेर बेपत्ता भइन् । उनी एक महिनासम्म सम्पर्क विहीन रहिन् । १ महिनापछि अहिले ती छोरी सम्पर्कमा आएकी छिन् । परिवारकी जेठी छोरी कोमलले लुकिछिपी बिहे गरेको खबर पाएपछि पूरै परिवारले आत्महत्या गरेका थिए । तर, ती छोरी परिवारको अन्तिम संस्कारमा सहभागी हुन पनि घर आइनन् । 

सोमबार ती युवती आफ्ना श्रीमान् पृथ्वीसँग प्रहरीमा पुगेकी छिन् । उनले प्रहरीमा आफूहरु दुवै बालिग भएको र इच्छाअनुसार बिहे गरेको बताएकी छिन् । प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । सोमबार राति बयान लिएपछि प्रहरीले कोमल र पृथ्वी दुवैलाई घर पठाएको छ । प्रहरीका अनुसार दुवै बालिग भएको र आफू इच्छाअनुसार बिहे गरेको तथा सुसाइड नोटमा पनि उनीहरुविरुद्ध केही उल्लेख नभएकोले कुनै मुद्दा नचलाइने भएको छ । 

आत्महत्याको घटना हुनुभन्दा एक दिन अघि घरमा ‘करवाचौथ’ मनाइएको थियो । ब्रतमा कोमलकी आमा कल्पना शर्माले छिमेकी महिलाहरुसँग मिलेर यो पर्व मनाएकी थिइन् र सबै महिलाहरु कल्पनाको घरमै जम्मा भएका थिए । तर त्यसको भोलिपल्टै कोमलका पिता विनोद शर्मा, श्रीमती कल्पना, छोरा निखिल र छोरी अञ्जुले सामूहिक रुपमा आत्महत्या गरेका थिए । कोमल त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । कोमलले तल्लो जातिका युवाकसँग बिहे गरेको र करवाचौथको ब्रतका दिन कोमलले पनि ब्रत राखेपछि यो रहस्य खुलेको बताइएको छ । यही कारण उनका परिवारले आत्महत्या गरेको बताइएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »